RDT (Rapid Diagnostic Test)
यो antigen-antibody reaction सिद्धान्तमा आधारित परिक्षण हो। यसले बिरामीको blood serum/plasma मा रहेका antigen र antibody दुबै परिक्षण गर्छ। RDT लाई antigen-based र antibody-based गरि दुइ भागमा बिभाजन गरिएको छ। Antigen-based RDT ले body fluid हरुमा रहेका viral protein परिक्षण गर्दछ। नेपालमा COVID-19 परिक्षणको लागि antibody-based RDT प्रयोग गरिएको छ, जसले antibody को पत्ता लगाउछ। Antibody-based RDT ले धेरै संख्यामा छिटो परिक्षण गर्नुको साथै लक्षण नदेखिएका र निको भइसकेकाहरु पनि छुट्याउँछ। त्यसैले RDT एउटा महत्वपुर्ण परिक्षण हो, यस सँगै rRT-PCR पनि परीक्षण गर्नुपर्छ। RDT बाट मात्र संक्रमणको निश्चित गर्नु हुँदैन। FDA बाट स्वीकृत 1 मात्र RDT हाल नेपालमा उपलब्ध नभएको हुँदा, भरपर्दो हुन नसक्ने चिन्ता गर्नु स्वभाविक हो।
Real-Time Reverse Transcription Polymerase Chain Reaction (rRT-PCR)
यो molecular technique हो। यसले बिरामीको नमुनामा भएको viral nucleic acid पत्ता लगाउँछ। जसको लागि nasopharyngeal अथवा oropharyngeal swabs, sputum, bronchoalveolar lavage, र nasopharyngeal aspirate अथवा nasal aspirate प्रयोग गरिन्छ। rRT-PCR technique ले coronavirus को RNA परिक्षण गर्दछ। कोरोनाभाइरस संक्रमण परीक्षणको लागि N, E, S र RdRP genes हरु लक्षित गरिएको छ। नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा खासगरी E र RdRP genes लक्षित गरिएको छ। यसबाट गरिएको परिक्षणले COVID-19 को संक्रमण भए नभएको पुष्टि गर्छ। नमुना संकलन गर्ने तरिका, समय, जाच्ने उपकरण र परीक्षण गर्ने व्यक्तिको शिपले यसको नतिजालाई प्रभाब पार्न सक्छ।
चित्र: संक्रमणको विभिन्न समयबिन्दुहरूमा viral RNA and antigen/antibody हरूको स्तर
RDT / rRT-PCR बाट प्राप्त हुनसक्ने नतिजा र त्यसको महत्वलाई निम्न तालिकामा प्रस्तुत गरिएको छ।
त्यसैले यो महामारिको बेलामा rRT-PCR नै COVID-19 को प्रयोगशाला परिक्षणको मुख्य हतियार हुन सक्छ। तर antibody-based RDT प्रविधि बिना-लक्षणका बिरामीहरु र पहिलेका संक्रमितहरु छुट्टयाउन सहयोगी हुन्छ। तसर्थ RDT र rRT-PCR दुवै परिक्षण प्रविधिहरुको प्रयोग गरेर नै COVID-19 भाईरसको उत्कृष्ट नतिजा प्रदान गर्न सकिन्छ। अन्तमा WHO, CDC र FDA ले स्वीकृत गरेको तथा राष्ट्रिय मापदण्ड अनुसारको प्रयोगशाला परिक्षण सामग्री मगाउनेमा नेपाल सरकारको सधै ध्यानकेन्द्रित हुनुपर्छ।
(यो प्रस्तुत लेख श्री उपेन्द्र अर्याल (माइक्रोबायोलोजिष्ट)ले अनुवाद गर्नु भएको हो।)