नेपालका लागि कोभिड–१९ बारे ३५ तथ्य: भाइरस फैलन रोकौं

कोभिड–१९ संक्रमण हुने नोबल कोरोनाभाइरस (सार्स–कोभ–२) दुई महिना अघि चीनबाट सुरु भएको थियो । भाइरससँग सम्बन्धित थुप्रै जिज्ञासा अझै अनुत्तरित छन् । नेपालका सर्वसाधारणलाई आवश्यक हुने र बुझ्नुपर्ने बुँदागत् तथ्यहरु तयार गरिएको छ

१.कोभिड–१९ के हो ?
कोभिड–१९ एउटा कोरोनाभाइरस रोग हो । जुन तिब्र श्वास लिने लक्षण सार्स–कोभ–२ को कारणले हुन्छ । डिसेम्बर २०१९ मा पहिलोपटक चीनको वुहान शहरमा भाइरसको लक्षण देखिएको थियो ।

२.सार्स–कोभ–२ के हो ?
सार्स–कोभ–२ नोभल भाइरस हो । जसले श्वासप्रश्वास सम्बन्धी प्रकोप कोभिड–१९ निम्ताउँछ । जुन विश्वका अधिकांश राष्ट्रमा देखिएको छ ।

३. भाइरस सम्बन्धी के जानकारी छ ?
सार्स–कोभ–२ एउटा β कोरोना भाइरस हो । जुन आवरणमा बन्द, गैर विभाजित पोजिटिभ सेन्स आरएनए भाइरस हो । कोरोनाभाइरसको चार प्रजाति छन् । अल्फा, बिटा, गामा र ल्याम्डा । अल्फा, बिटा प्रजातिले स्तनधारी जिवलाई संक्रमित पार्छ । गामा र ल्याम्डाले चरालाई संक्रमित गर्छ । अतिसंवेदनशिल छ वटा कोभिडहरुमध्ये अल्फा कोभ र बिटा कोभको प्रकोप कम हुन्छ । जसले श्वासप्रश्वासमा हल्का समस्या वा लक्षण देखाउँछ । जबकि बिटा कोभ(सार्स–कोभ र मर्स–कोभ)ले जटिल र संक्रमणको सम्भावना निम्ताउँछ । सार्स–कोभ–२ जिनोम अनुक्रम ७९.५ प्रतिशत सार्स–कोभसँग मिल्दोजुल्दो छ ।

४. भाइरसको संक्रमण अवधि कति हुन्छ ?
विश्व स्वास्थ्य संगठनका अनुसार सार्स–कोभ–२ को संक्रमण अवधि एकदेखि १४ दिन हुन्छ । यद्दपी लक्षण देखिनुभन्दा पाँचदिन अघि यसको संक्रमण फैलेको हुनसक्छ ।

५. शरीरबाहिर कोरोनाभाइरस कति समय बाँच्न सक्छ ?
रोग नियन्त्रण तथा उन्मूलन(सीडीसी)का बमोजिम कोरोना भाइरस हावामा तीनघण्टासम्म सक्रिय रहन सक्छ । सतह(प्लाष्टिक र स्टिल)मा यो दुईदेखि तीन दिनसम्म बाँच्न सक्छ ।

६.सार्स–कोभ–२ कहाँ बस्छ ?
सार्स–कोभ–२ जिनोम अनुक्रम चमेरो कोभ रयाट जी १३ सँग करिब ९६.२ प्रतिशत मिल्दोजुल्दो छ । भाइरस उत्पत्तिको प्राकृतिक बासस्थान चमेरो रहेको आशंका गरिएको छ ।

७. मानवमा सार्स–कोभ–२ कसरी सर्यो ?
सार्स–कोभ–२ को उत्पत्ति चमेरोबाट भएपनि यसले आफ्नो सीमा नाघ्दै मावनमा सरेको अनुमान गरिएको छ । अनविज्ञ माध्यमको प्रत्यक्ष सम्पर्कमा आएपछि यसको संक्रमण फैलिएको हुनसक्छ । जङ्गली जनावरको खपत वा चमेरोको पोखार्ईको कारणले मानवमा यसको संक्रमण फैलिएको हुनसक्छ । यद्दपी उसको माध्यम अझै पहिचान भइसकेको छैन् । तर मानवमा यसको संक्रमण दर तिब्र देखिएको छ ।

८. संक्रमणको संयन्त्र के हो ?
सार्स–कोभ–२ एन्जियोटेन्सिन परिणत गर्ने इन्जाइम (एस २) सँग सम्पर्कमा आएर मानवमा सर्छ । स्नायु अन्त हुने अङ्ग(आँखा, नाक, मुख)सँग जोडिएको श्वास नलीको तल्लो भागसम्म फैल्छ ।

९. कोभिड–को बिरामी मृत्यु दर कति हो ? र संक्रमित मृत्यु दर कति हो ?
कोरोना भाइरसको संक्रमण सुरु भएको चीनको मुख्यभूमीमा बिरामी मृत्यु दर २.३ प्रतिशत र संक्रमित मृत्यु दर करिब ०.६६ प्रतिशत रहेको दत्र्ता गरिएको छ । ८० वर्षभन्दा माथि उमेर समूहमा उच्च मृत्यु दर र नौ वर्षसम्मको उमरे समूहमा मृत्यु दर सबैभन्दा कम रहेको छ ।

१०. कोभिड–१९ को लक्षणहरु के के हुन् ?
ज्वरो आउनु, थकित महसुस गर्नु, सुख्खा खोकी लाग्नु, छिटो श्वास लिनु सामान्य लक्षणहरु हुन् । विशेष उपचार नै नगरीकन करिब ८० प्रतिशत बिरामी निको भएका छन् । तर वृद्ध व्यक्ति र पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह, हृदय रोगबाट ग्रसित बिरामीको अवस्था सघन हुने सम्भावना बढी हुन्छ ।

११. कोभिड–१९ लाग्दा चिकित्सकसँग जाँच कतिबेला गराउने ?
कोभिड–१९ लागेको संक्रमण अवलोकन भए लगत्तै चिकित्सकसँग जचाउन जानुपर्छ । संक्रमित भए छातीमा दुखाइ, ओठ र अनुहार सुख्खा हुने, श्वास लिन कठीनाइ हुने लक्षण देखिन्छ ।

१२. कोभिड–१९ लागेको बिरामी किन मर्छन् ?
वृद्ध व्यक्ति र बिरामीमा श्वासप्रश्वासमा जटिलता थपिन्छ, सेप्सिस, सेप्टीक शक, अङ्गहरु असफल भई मृत्युसम्म पुग्छ ।

१३. कोभिड–१९ बाट निको भएपछि पुनः संक्रमित हुन सक्छ ?
शरीरमा रोग प्रतिरोधी क्षमताको सक्रियताले कोभिड–१९ बाट पुर्नसंक्रमित हुने सम्भावना कम हुन्छ । संक्रमित भएको बेला उत्पादन हुने एन्टीबडीले शरीरलाई महिनौं र वर्षौंसम्म निश्चित भाइरस विरुद्ध रोग प्रतिरोधी क्षमता विकास गरेका हुन्छ । बिरामीमा भाइरसको प्रभाव हटाउन एन्टीबडीले सातदेखि दशदिनमा काम गर्छ । यद्दपी कोभिड–१९ को संक्रमणबाट एन्टीबडीले संक्रमित हुन नदिन कसरी सुरक्षित राख्छ भने कुरा भविष्यमा निर्धारण हुनेछ ।

१४. स्वस्थ्य जिवनको लागि रोग प्रतिरोधी क्षमता कसरी विकसित गर्ने ?
रोग प्रतिरक्षात्मक क्षमता सुधार गर्नु आवश्यक हो । प्रतिरोधी क्षमता विकासका लागि वातावरणीय प्रभाव महत्वपूर्ण हुन्छ । निरन्तररुपमा स्वस्थ्य जीवनशैली अपनाएर यस्तो क्षमता मजबूत बनाउन सकिन्छ । धुम्रपान निषेध गरेर, मदिरा सेवन बन्द गरेर, फलफूल खाएर, तनाब कम गरेर, दैनिकरुपमा शारीरिक अभ्यास गर्नु स्वस्थ्यप्रद हुन्छ । दही, ब्रोकाउली, अदुवा, लहसुन र बदाम नियमित सेवन गर्नुपनि फाइदाजनक हुनेछ ।

१५. के सार्स–कोभ–२ प्रयोगशालामा निर्मित हुन ?
सार्स–कोभ–२ उद्देश्य लिएर बनाइएको छैन् । न त यो कुनै प्रयोगशालामा तयार गरिएको वा छोडिएको जीवाणु नै हो ।

१६. सार्स–कोभ–२ आमाबाट शिशुमा सर्ने सम्भावना कति हुन्छ ?
अहिलेसम्म निचोडमा पुग्ने प्रमाण फेला परेको छैन् । यद्दपी केही अनुसन्धानले ठाडो संक्रमण भएको देखाएको छैन् । आमाको दुधमा संक्रमण देखिएको कुनै प्रमाण फेला परेको छैन् । यद्दपी दूध चुसाउँदा वा अन्य प्रकारले सम्पर्कमा आउँदा शिशुमा कोभिड–१९ सर्न सक्छ ।

१७. कोभिड–१९ घरपालुवामा सर्छ ?
मानवबाट बिरालो, कुकुर र बाघ संक्रमित भएको पाइएको छ । यद्दपी कुखुरा, सुगुर, र हाँसमा भने संक्रमण फैलेको देखिन्न । यद्दपी अहिलेसम्म केही प्रष्ट जानकारी आइसकेको छैन् ।

१८. साबुन पानी वा अल्कोहलयुक्त ‘सैनिटाइजर’ कतिको लाभदायक हुन्छ ?
हातमा लगाउने ‘सैनिटाइजर’भन्दा साबुना पानीले हात धुनु बढी प्रभावकारी हुनेछ । अल्कोहलयुक्त ‘सैनिटाइजर’ले संख्यात्मकरुपमा जिवाणु बढी हटाउँछ । अल्कोहलविहीन ‘सैनिटाइजर’भन्दा ६० देखि ९५ प्रतिशत अल्कोहलयुक्त ‘सैनिटाइजर’ले छिट्टै जिवाणु नष्ट गर्छ ।

१९.चिकित्सकले अनुहारमा लगाउने माश्क सार्स–कोभ–२ संक्रमण रोक्न कत्तिको प्रभावकारी हुन्छ ?
हो, चिकित्सकीय माश्क सार्स–कोभ–२ लाई फैल्न दिदैन । र यसले मौसमी भाइरसको संक्रमण फैल्न समेत नियन्त्रण गर्छ ।

२०. प्रकोप र महामारीको बेला माश्क कसले लगाउने ?
बिरामी भएका व्यक्ति, वृद्ध, संक्रमित, अगाडि रहेर काम गर्ने स्वास्थ्य कार्यकत्र्ता तथा अधिकारीले माश्क लगाउनुपर्छ । संक्रमण रोक्न माश्क प्रयोग गरिने हुनाले संक्रमितले लगाउनु अनिवार्य हुन्छ । यद्दपी उपलब्ध हुने अवस्थामा स्वस्थ्य व्यक्तिले लगाउनु उत्तम हुनेछ ।

२१. स्वास्थ्य कार्यकत्र्तालाई सुरक्षित राख्नु किन आवश्यक छ ?
चिकित्सक, नर्स र प्रयोगशालामा काम गर्ने वैज्ञानिक कोभिड–१९ को सामना गर्ने प्रमुख व्यक्ति हुन । बिरामीलाई चिकित्सकीय सुझाबसँग रेखदेख गर्ने महत्वपूर्ण व्यक्ति हुन । अस्पताल भाइरसको संक्रमण फैल्ने स्रोत समेत बन्न सक्छ । त्यसैले स्वास्थ्य अधिकारीलाई स्वस्थ्य राख्नु सबैको साझा दायित्व हो ।

२०.कोभिड–१९ परीक्षण कसले गर्नुपर्छ ?
अनुमति प्राप्त प्रयोगशाला, प्याथोलोजी, फिजिसियन–, वैज्ञानिक मात्रैले कोभिड–१९ परीक्षण गर्न संकलित नमूना परीक्षण गर्नुपर्छ । उपचार र नियन्त्रणका लागि नियमित र सही डाइग्नोसिस आवश्यक हुँदा विज्ञले मात्रै नमूना परीक्षण गर्नु उपयुक्त हुनेछ ।

२१. कोभिड–१९ को उपचार सम्भव छ ?
हालसम्म कोभिड–१९ विरुद्ध एन्टीभाइरल थेरापीको अनुमति दिइएको छैन् । कोभिड–१९ मा देखिने लक्षणको उपचार सम्भव छ । बिरामीको स्वास्थ्य अवस्थामा उपचार निर्भर हुन्छ ।

२२. कोभिड–१९ को खोप उपलब्ध छ ?
नोभल कोरोनाभाइरसलाई लक्षित गरी केही खोप प्रयोगशाला परीक्षणमा छन् । बिरामीसम्म पुग्न र प्रयोगमा ल्याउन वर्षौं लाग्न सक्छ ।

२३. कोभिड–१९ का अनुसन्धानात्मक भागहरु के के हुन ?
एन्टीभाइरल र निको पार्ने औषधी पत्ता लगाउन प्रयोगशाला अध्ययनहरु युद्धस्तरमा सञ्चालनमा छन् । कोभिड–१९ को संक्रमितमा रेम्डीसिभिर, क्लोरोक्वीन, हाइड्रोक्सिक्लोरोक्वीन र टसिलिजुमाब क्लिनिकल अध्ययनमा प्रयोग भएका केही औषधीहरु हुन ।

२४ शिल्डिङ्ग, सेल्फ आइसोलेशन, सामाजिक दूरी र क्वारेन्टाइन के हो ?
विशेष स्वास्थ्य परिस्थितिमा रहेका व्यक्ति संक्रमणको अत्यन्तै जोखिममा हुँदा व्यक्तिलाई ‘शिल्डिङ्ग’ गरिन्छ । सेल्फ आइसोलेशनको अर्थ घरभित्रै कसैसँग नजिक वा अन्तरक्रिया नगरी अलग्गिएर बस्नु हो । सामाजिक दूरीले व्यक्ति–व्यक्तिबीच निश्चित दूरी बनाएर बस्नु हो । बाहिरका आगन्तुक वा संक्रामक व्यक्ति निश्चित अवस्था, अवधि वा एक्लिएर बसेको परिस्थिति क्वारेन्टाइन हो ।

२५. के लकडाउन कोभिड–१९ नियन्त्रण गर्ने समाधान हो ?
हो, लकडाउनले मानवको बीचमा भाइरसको संक्रमण फैल्न र रोक्न नियन्त्रण गर्छ । यो संकटकालीन अवस्था हो जसमा व्यक्तिलाई प्रकोप फैलिएको क्षेत्र बाहिर निस्किन बन्देज लगाइन्छ ।

२६. दक्षिण एशियामा संक्रमितको संख्या थोरै हुनुको कारण के हो ?
स्पष्ट व्याख्या छैन् । यद्दपी भारी संख्यामा परीक्षण हुन नसक्नु अर्को प्रमुख कारण हुन सक्छ । बालबालिकालाई दिइने बीसीजीले संक्रमण लाग्न नदिने हुनु पनि अर्को कारण हो । संक्रमित व्यक्तिले दक्षिण एशियाली राष्ट्रहरुमा कम भ्रमण गर्नु थप कारण हुनसक्छ ।

२७.प्रकोपको बेला किन टाढै बसेर काम गर्नुपर्छ ?
मानिसको बीचमा भाइरस संक्रमणको श्रृखंला तोड्न प्रकोपको बेला टाढै वा बाहिर बसेर काम गर्नुपर्छ । घरभित्रै बस्दा आफू मात्रै सुरक्षित नभई अरुलाई सुरक्षित राख्न पनि सम्भव हुन्छ ।

२८. परीक्षण दर वृद्धि गर्नु किन आवश्यक छ ?
बढी संख्यामा परीक्षण गर्नु भाइरस रोकथाम गर्ने एक मात्र माध्यम हो । प्रत्येक संक्रमित व्यक्ति फेला पर्नु भाइरस रोकथामका लागि एक पाइला अगाडि सर्नु हो । त्यसैले संक्रमित व्यक्ति अलग्गिनु, परीक्षण गर्नु र उपचार गर्नु कोरोनाभाइरसको संक्रमणको श्रृखंला तोड्ने एकमात्र विकल्प हो ।

२९. सक्रिय निगरानी पद्धती र तिब्र जवाफदेही समूह प्रकोपको बेला कसरी सहयोगि बन्न सक्छ ?
प्रकोपको सही, समयमै र यथार्थ जानकारीको लागि सक्रिय निगरानी पद्धती र तिब्र जवाफदेही समूह बढी आवश्यक हो । बिरामीको खोज गर्ने र गन्तब्यसम्म पुर्याउने कार्य समूहले गर्ने हुनाले प्रकोपको बेला निगरानी पद्धती र तिब्र जवाफदेही समूहको भूमिका अनिवार्य र महत्वपूर्ण हो । जसलाई सबैले सहयोग गर्नुपर्छ ।

३०. पीपीई के हो ? स्वास्थ्य कार्यकत्र्तालाई किन आवश्यक हुन्छ ?
पीपीई व्यक्तिगत् सुरक्षा उपकरण हो । कार्यस्थलमा भाइरसको जोखिम न्युनिकरण गर्न र आफूपनि संक्रमित हुनबाट जोगिन यस्तो उपकरण स्वास्थ्य कार्यकत्र्ताले लगाउँछन् । पहिरन, माश्क, पञ्जा, सुरक्षात्मक चश्मा, जुत्र्ता, अनुहार ढाक्ने सामग्री, श्वास लिने उपकरणसहित पुरा शरीरलाई ढाक्न प्रयोग गरिने पहिरन नै पीपीई हो ।

३१. नेपालमा स्वास्थ्य र विज्ञान सम्वाद्दाता किन आवश्यक छ ?
स्वास्थ्य र विज्ञानसँग जोडिएका सम्वाद्दाताले प्रमाणमा आधारित समाचार र उच्च स्तरको विषयवस्तु र तथ्य समेटिएको स्वास्थ्य सामग्री संकलन गरेर जनतामा पस्कन्छन् । उनीहरु कहाँ समस्या पहिचान गर्ने क्षमता उच्च हुनुका साथै स्रोत पहिचान गर्ने र गुणात्मक रिर्पोटिङ्ग गरेर वकालत गर्ने र समस्या केलाउने क्षमता भएकोले आवश्यक छ ।

३२. नेपालमा कोभिड–१९ को परीक्षणमा वृद्धि किन हुनसकेको छैन् ?
समग्र विश्वमा नै सार्स–कोभ–२ परीक्षण क्षमता पर्याप्त छैन् । नेपालको स्वास्थ्य प्रणालीमा डीएनए परीक्षण र मोलिक्युलर जेनेटिक सुविधा नहुनुका साथै त्यसबारेको ज्ञानमा कमी छ । औषधी विज्ञानमा चिकित्सकले जेनेटिक परीक्षणलाई बेवास्ता गर्दा नेपालले पर्याप्त स्रोत साधन जुटाउन सकेको छैन्।

३३. नेपालमा कोभिड–१९ कसरी नियन्त्रण गर्न सकिन्छ ?
विश्व स्वास्थ्य संगठनले तय गरेको सावधानीको उपायहरु कठोरतापूर्वक अपनाउनपर्छ । हातलाई स्वस्थ्थ राख्न विशेष सतर्क हुनु जरुरी छ । संक्रामक रोग सम्बन्धी नेपाल र विश्वको अवस्थाबारे सर्वसाधारणलाई अवगत् गराउन आवश्यक देखिन्छ । जनस्वास्थ्य अधिकारीलाई विशेषरुपमा परिचालन गर्नुपर्छ । चौबिसै घण्टा स्वास्थ्य सेवासँगै कोभिड–१९ सँग जोडिएका सेवा उपलब्ध गराइनुपर्छ । दीर्घकालीन रुपमा निगरानी बढाउने संयन्त्र विकसित गर्नुका साथै वातावरणीय सरसफाई र फोहोर व्यवस्थापनमा ध्यान दिइनुपर्छ । बढीभन्दा बढी परीक्षण प्रयोगशालाको स्थापना, सर्वसधारणको त्यहाँसम्म पहुँच बढाउने प्रयास हुनुपर्छ । कोरोनाभाइरस संक्रमणलाई पहिचान र परीक्षण गरी अलग्याउनु र स्वास्थ्य कार्यकत्र्ता तथा अधिकारीहरुले पर्याप्त मात्रामा पीपीई उपलब्ध गराइनुपर्छ । त्यसैगरी, चरणगत् रुपमा नीति बनाएर अगाडि बढे कोरोनाभाइरसलाई नेपालमा महामारीको रुप लिनबाट रोक्न सकिन्छ ।

३४. नेपालका राजनीतिज्ञ ठूलो मुद्दामा पनि किन संकटमै छन् ?
विश्वभरिका सरकार कोरोनाभाइरस विरुद्ध जोखिम न्यूनिकरणमा जुटेका छन् । तर नेपाल सरकारले न त कोरोनाभाइरसको संक्रमण रोक्न सुरुदेखि प्रयास गरेको पाइयो न भविष्यमा हुने संकटका लागि कुनै तयारी नै गर्यो । मेरो बुझाइमा शक्ति वितरण गर्ने, राजनीतिक अस्थिरता कायम राख्न र भ्रष्टाचार गर्न मात्रै उनीहरु बढी केन्द्रित भएका छन् । राष्ट्रिय विकासका लागि आवश्यक शिक्षा, स्वास्थ्य र अनुसन्धानमा लगानी गर्ने इच्छाशक्ति नहुनु अर्को कमजोरी हो ।

३५. विश्वब्यापी महामारीको अवस्थामा पनि कसरी सकारात्मक रहने ?
विश्वब्यापी महामारीको बेला घरमै थुनिन बाध्य हुँदा पेन्टिङ्ग, गायन, योगा जस्ता अभ्यासहरु गरेर तनाब कम गर्न सकिन्छ । यस्ता उपाय अनपाउँदा आफू मात्रै नभई परिवार समेत स्वास्थ्य र खुशी रहनेछ ।

(डा. रुपेन्द्र श्रेष्ठ एम एस, पीएच डी क्लिनिकल मोलिक्युलर जेनेटिसिस्ट पोष्ट–डोक, डिपार्टमेन्ट अफ जेनेटिक्स डिपार्टमेन्ट अफ अप्थेल्मोलोजि एण्ड भिज्वल साइन्सेज अल्वर्ट आइन्स्टैन कलेज अफ मेडिसिन, न्युर्योक, अमेरिकामा कार्यरत हुनुहुन्छ । डा.श्रेष्ठको प्रस्तुत लेख इश्वरचन्द्र झाले अनुवाद गर्नु भएको र सो लेखको सम्पादित अंश मात्र प्रस्तुत गरिएको छ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *